डेनमार्कको सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु

डेनमार्कको सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार, तीनजनाको मृत्यु

डेनमार्कको कोपनहेगनस्थित एक शपिङ मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीनजनाको मृत्यु भएको छ।

अरु कैयौँ घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ।

दक्षिणी कोपनहेगनको फिल्ड्स मलमा त्यहाँको स्थानीय समअनुसार आइतबार दिउँसो एक युवकले अचानक बन्दुक चलाएका थिए। २२ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाउन थालेपछि मानिसको भागदौड भएको थियो।

गोली चलाउने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यहाँका प्रहरी प्रमुख सोएरेन थमसनले आक्रमणको कारण थाहा नभए पनि आतंकवादी आक्रमण नभएको बताए।

प्रधानमन्त्री म्याट फ्रेडरिक्सनले यो घटना डेनमार्कमाथिको क्रुर आक्रमण भएको प्रतिक्रिया दिएका छन्। । डेनमार्क विश्वको शान्त र खुसी देशका रूपमा चिनिन्छ।