एकचोटी तिमी लाई हेर्ने मन छ मलाई
मर्ने बेला अँगालो बेर्ने मन छ मलाई
तिमी त म देखि टाढा भैदियौ आज
तर पनि तिम्रो दिल घेर्ने मन छ मलाई
आदेश मात्र देऊ प्रिय तिमी मलाई
अझै तिम्रो तस्बिर केर्ने मन छ मलाई
तिमी मलाई माया यत घेर्ण गर प्रिय
मेरो मुटु हो तिमी टेर्ने मन छ मलाई
राजेश परियार
चौरपाटी गाउँपालीका ५ लुडँग्रा अछाम