रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट ओडेसामा २० जना गैरसैनिक मारिएको युक्रेनको दाबी

रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट ओडेसामा २० जना गैरसैनिक मारिएको युक्रेनको दाबी

रुसले गरेको क्षेप्यास्त्र प्रहारबाट दक्षिणी क्षेत्र ओडेसामा २० जना गैरसैनिक मारिएको युक्रेनले दाबी गरेको छ । ओडेसा क्षेत्रमा एक बालकसहित कम्तीमा २० जनाको ज्यान गएको युक्रेनी अधिकारीको दाबी छ ।

आक्रमणमा ६ बालबालिकासहित ३८ जना घाइते भएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।क्षेप्यास्त्र प्रहार भएका बेला उनीहरु नौ तले भवनमा रहेका थिए । नौ तले भवनको भग्नावशेषमा अग्नि नियन्त्रकले जीवित हुनसक्ने व्यक्तिको खोजी गरिरहेको भिडियो समेत सार्वजनिक भएको छ ।

रुसले केही दिनयता युक्रेनी सहरमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको खबरमा उल्लेख छ । तर क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले नागरिकलाई लक्षित गरी कुनै पनि आक्रमण नगरेको प्रतिक्रिया दिनुभएको छ ।