देशभर एसईईको परीक्षा चलिरहेको छ ।परीक्षालाई मध्य नजर गर्दै नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले बन्द फिर्ता लिएको घोषणा गरेको छ ।
विप्लव समूहले आह्वान गरेको चैत १६ गतेको बन्द फिर्ता लिएको हो । परीक्षालाई असर पर्ने देखेपछि उनीहरुले बन्द फिर्ता लिएको जनाएको छ ।
एसईईको समयमा बन्द हड्तालको कार्यक्रम नगर्न विप्लव समूहलाई राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति मार्फत आग्रह गरेको थियो ।