बेसाहाराहरुको रमाउने थलो बन्दै साहरा घर

बेसाहाराहरुको रमाउने थलो बन्दै साहरा घर

हरि भट्ट, धनगढी : कैलालीको बर्दगोरिया गाउपालिकाको सडकपुर बौनियाको उत्तर तर्फ धार्मिक पर्यटकिय वन क्षेत्रको पूर्वी डाँडामा टिनको पाताले छाँयको टहरा मुनि कतिखेर गितगाएको कतिखेर हाँसेको त कतिखेर जोरजोरले होहल्ला गरेको आवाज सुनिन्छ ।

यो हाँसो कुनै स्वस्थ मानिसको होईन । त्यस भित्र रहेका ४६ जना मानसिक सन्तुलन गुमाएका मानिसको हो । ४ बर्ष अगाढी मानसिक सन्तुलन गुमाई सडकमा माटो, फालेका कागज, फोहोर बस्तु खादै गरेका (सहारा घरमा राखेको नाम प्रेम रोगि) एक जना भारतिय नागरिकलाई चोट लागेको र शरिरबाट रगत बगिरहेको अबस्थामा दखे पछि बौनिया बजारमा अस्पताल सच्चालन गरिरहेका स्थानिय बलबहादुर बिष्टलाई दया लाग्यो र आफनो अस्पतालमा ल्याएर उनको उपचार गरिदिए ।

उपचार गरि सके पछि पुन त्यहि सडक, त्यहि माटो, त्यहि धुलो, त्यहि फोहोर बस्तुमा नै लगेर छोडिदिए । जब उनि घर गए अनि उनका आँखामा ति भारतिय नागरिकको अबस्था, सडकको वास, खाने खाना झल्झलि रिट्न थाल्यो । उनले त्यो सहन पनि सकेनन र घरमा दिउसो भरिको गतिबिधि संगै ति मानसिक सन्तुलन गुमाएका नागरिकको बारेमा बताए । घरका सबै सदस्यका आँखा पनि रसाय ।

अनि श्रीमती संग एउटा सम्झौता भयो त्यस्ता बेसहारालाई सहारा दिने र तिनिहरुको हेरचहामा एटाले समय दिने । यहि सम्झौताले सडक जिवन बिताई रहेका  बेसहाराले सहारा पाउनुका साथै बिष्ट दम्पती बेसहारालाई सहारा दिने भग्वान बने ।  

सहारा घरको परिचय
४ बर्ष अगाडि बौनिया बजारको सडकमा चोटलागेको अबस्थामा भेटिएका भारतिय नागरिकलाई आफनो घरमा ल्याएर सुरु गरेको सहारा दिनेकाम गत बर्ष मंसिर २७ गते असहायताका लागि सहयोगि हातहरु नेपाल नामक संस्था खोलि सहारा घरको निर्माण गरि संस्थागत रुपमा बेसहारालाई सहारा दिन लागिएको हो ।

धार्मिक पर्यटकिय वनको करिब ४ कटा जमिनमा रहेको सहारा घरमा एउटा टिनले छायको टहरा छ भने अर्को पुर्व सांसद मोहनसिंह राठौरको संसदीय कोषबाट निर्माणा धिन दुईकोठे पक्कि भवन रहेको छ । टिनको टहरामा पुरुषहरु रहन्छन भने निर्माणा धिन पक्कि भवनमा महिलाहरुलाई राख्ने गरेको छ ।

एउटा पक्कि र अर्को कच्ची शौचालय रहेको छ । सानो बारि पनि रहेको छ । सहारा घरको अगाढी पट्टी नेपालको झन्डा फरफरायको छ । एकान्त ठाउ, स्वच्छ वातावरण रहेको उत्त सहारा घरको लागि पानी भने टाढाबाट ल्याउनु पर्ने बाध्यता रहेको छ । ४ बर्ष अगाडि बौनिया बजारको सडकमा चोटलागेको अबस्थामा भेटिएका भारतिय नागरिकलाई आफनो घरमा ल्याएर सुरु गरेको सहारा दिनेकाम गत बर्ष मंसिर २७ गते असआयताका लागि सहयोगि हातहरु नेपाल नामक संस्था खोलि सहारा घरको निर्माण गरि संस्थागत रुपमा बेसहारालाई सहारा दिन लागिएको हो ।

सुरुमा एकजनालाई घरमा ल्याएर सहारा दियौ सहारा घरका सच्चाक बलबहादुर बिष्टले भने बिस्तारै घरमा ६र७ जना बेसहारा भए । त्यस पछि गाउलेहरुले मानिसक सन्तुलन गुमाएका अथार्थ चलन चल्तीको भाषामा पागलहरुलाई घरमा ल्याउने यो कस्तो पागल हो भन्दै कुरा काट्दै गए बिष्टले भने पछि घरपरिवार स्थानिय युवाहरुको सल्लाहाले र सहयोगले साहारा घरको स्थापना गरिएको बताए ।

हाल ४६ जना साहारा घरमा रहेका र २६ जनाको मानसिक रोग निको भएर घर फर्किसकेको उनले बताए । अस्पतालको उपचारले नभई साहारा घरको वातावरण, खानपानले नै मानसिक रोग निको हुने गरेको छ । बिष्टले सुरुमा एक्लैले बेसहाराको सेवा गरेका थिए । अहिले बिष्टको सेवा भाव देखिर सहारा घरमाबेसहाराको सेवा गर्ने १० जना युवाहरु रहेका छन ।

सहारा घरको अवस्था
समाजिक सज्जाल मार्फत आर्थिक जुटाउदै, व्यत्तिगत सहयोग, धन नभएका तर मन भएकाहरुको आर्थिक सहयोग, विभिन्न संघसंस्थाको आर्थिक सहयोग, विदेशमा रहेका नेपालीको सहयोगले  सहारा घर चलि रहेको छ ।

सबै भन्दा ठुलो समस्या भनेको नै आर्थिक समस्या हो । आर्थिक अभाव कै कारणले सुरुमा त सेवा गर्न केहि कठिन भयो । बिस्तारै समाजिक सज्जाल, व्यत्तिगत सहयोग, धन नभएका तर मन भएकाहरुको आर्थिक सहयोग, विभिन्न संघसंस्थाको आर्थिक सहयोग, विदेशमा रहेका नेपालीको सहयोगले हाल साहारा घर चलि रहेको छ ।

यस्ता सहयोगि हातहरुले गर्दा साहारा घरमा भौतिक संरचनाको जोहो हुदै गएको छ । बेसहारालाई साहारा दिने काम बलबहादुर बिष्टले आफनो व्यत्तिगत लगानिबाट सुरुवात गरेका हुन । गत बर्षबाट उनले धार्मिक पर्यटकी वनले उपल्बध गराएको ४ कटा जमिनमा टिनको टहरा र पुर्व सांसद मोहनसिंह राठौरको संसदीय कोषको आर्थिक सहयोगमा दुई कोठे पक्कि भवन रहेको छ । ४६ जनालाई उत्त भवनमा बस्न, सुतनु, खान समस्या हुने गरेको छ ।

यसका साथै खाने मेस, नुहाउने बाथरुम, डसाउने लुगा, सुत्ने खाट, तार जालि, पानी आदिको समस्या रहेको छ । सबै भन्दा ठुलो समस्या त राम्रो बाटो, अस्पताल, एम्बुलेन्सको रहेको छ ।  

कसरी पुग्ने साहारा घर
सहारा घरमा जान पश्चिम धनगढीबाट र पूर्वको टिकापुरबाट जान सकिन्छ । धनगढीबाट बौनिया जान १ सय ५० रुपयाँ टिकट लाग्छ भने टिकापुरबाट ५० रुपयाँ लाग्छ । जताबाट आए पनि बर्दगोदरिया गाउपालिका सडकपुर बौनियाको बजारमा उत्तिनु पर्छ । त्यहाँबाट उत्तर तर्फको बाटो हुदै सहारा घरमा जानु पर्छ । त्यहाँ जान हिडेर टाढाँ पर्ने भएकाले ई रिक्सामा जान सकिन्छ ।

ई रिक्सोको भाडा १ जना वा त्यो भन्दा बढी जति भए पनि १ सय ५० कायम गरेको छ । ई रिक्साको सिन्टीकेटले गर्दा डिजेलबाट चल्ने ई रिक्सा आफनो नम्बर आए मात्रै जाने गर्दछन भने ई रिक्सा १ सय ५० मा जुनसुकै समयमा पनि रिजबमा जाने गर्दछन । साहारा घर जाने बाटो ग्राईभिर छ । धार्मिक पर्यटकिय वनको पूर्वमा सहारा घर छ । सहारा घर जाने बाटाको डाँडामा झन्डा फरफराएको घर नै सहारा घर हो । 

को हुन त बलबहादुर बिष्ट ?
कैलालीको बर्दगोरिया गाउपालिका बौनिया बजारमा निजि किल्नीक चलाउदै आएका बलबहादुर बिष्ट सडकमा जिवन बिताई रहेका बेसहाराका भग्वान हुन्न ।

४ बर्ष अगाडि देखि बेसहारालाई सहारा दिने काम गरेका बिष्टले गत बर्ष देखि मात्रै असहायताका लागि सहयोगि हातहरु नामक संस्था खोलि संस्थागत रुपमा सडकको गल्लीमा कुहेका बस्तु खादै आएका मानसिक रोगी तथा अन्य अनाथलाई साहारा दिन थालेका हुन । हाल उनले ४६ जनालाई साहारा दिई रहनुभएको छ भने २६ जनाको मानसिक रोग निको गरि घर गईसकेका छन । जसले गर्दा बलबहादुर बिष्ट सबैका प्रेणाका स्रोत बनेका छन ।