तीन महिला क्रिकेटरको वरीयता यथावत्

तीन महिला क्रिकेटरको वरीयता यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको महिला टी–२० वरीयतामा तीन नेपाली महिला खेलाडीको वरीयता यथावत् रहेको छ । नेपाली टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउन्डर सिता राना मगर र कविता कुवँर आइसिसी महिला टी–२० बलिङतर्फको वरियतामा यथास्थानमा रहेका हुन् ।

कविता ७३औँ स्थानमा छिन् । उनले तीन सय ६३ वरीयता अंक पाएकी छिन् । यसैगरी सरिता ८०औँ र रुविना ८१औँ स्थानमा यथवात् छिन् । सरिताले तीन सय ३८ तथा रुविनाले तीन सय ३१ रेटिङ अंक हात पारेका छन् ।

आइसिसीको टी–२० ब्याटिङ वरीयतामा सरिता ६३औँ स्थानमा रहेकी छिन् । उनले तीन सय ४७ अंक जोडेकी छिन् । ब्याटिङ वरीयतामा रुविना ८५औँ स्थानमै यथावत् रहिन् ।

उनले दुई सय ७८ रेटिङ अंक बटुलिन् । नेपालकी ज्योति पाण्डेले ब्याटिङ वरीयताम एक स्थान गुमाइन् । उनी ताजा वरीयता अनुसार ९६औँ स्थानमा छिन् ।