भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन

भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन

संयुक्त राष्ट्र सङ्घले भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन गरेको छ ।

संयुक्त राष्ट्र सङ्घको केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोष यूएनसीईआरएफबाट रकम विनियोजन गरिएको हो ।

राष्ट्र सङ्घले भूकम्पका कारण प्रभावित अफगानिस्तानका नागरिकलाई सहयोग पठाउन लागिएको बताएकाे छ ।

अफगानिस्तानमा भूकम्पमा परेकाहरु केहीको अझै उद्धार हुन सकेकोछैन । भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको छ । गएको अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पमा परि एक हजारभन्दा धेरैको ज्यान गएको छ । सयौँ घाइते भएका छन् । १० हजारभन्दा बढी घरहरू भत्किएका छन् ।