आजको मौसम : विभिन्न स्थानमा वर्षाको सम्भावना

आजको मौसम :  विभिन्न स्थानमा वर्षाको सम्भावना

 आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।