श्रीमानलाई ८ टुक्रा पारेर घरमा गाडिन्, भ्यालेन्टाइन्स डेमा भएको हत्या अहिले पर्दाफास

श्रीमानलाई ८ टुक्रा पारेर घरमा गाडिन्, भ्यालेन्टाइन्स डेमा भएको हत्या अहिले पर्दाफास

३८ वर्षकी श्रीमतीले ६३ वर्षका श्रीमानलाई ड्रिङ्कमा विष हालेर हत्या गरिन् र शवलाई आठ टुक्रा पारिन् । काटिएको टाउको र खुट्टालाई घर नजिकैको नालीमा फ्याँकिन् र अरुलाई घरभित्रै खाल्डो खनेर गाडिन् । दिल्लीमा भ्यालेन्टाइन्स डेको दिन भएको यो घटनाबारे हालै खुलासा भएको छ ।

भारतीय मिडिया आजतकका अनुसार उत्तर पश्चिमी दिल्लीमा ३८ वर्षकी सुनिताले आफ्ना ६३ वर्षका श्रीमानलाई भ्यालेन्टाइन्स डेको दिन हत्या गरेकी थिइन् । दुबैको विवाह सन् २००६ मा भएको थियो । जब सुनिताको उमेर २५ को थियो राजेश ५० वर्षका थिए । विवाहको एक वर्षभित्रै उनीहरुको छोराको जन्म भयो ।

स्रोतका अनुसार परिवारमा समस्या त्यतिबेला सुरु भयो जब गत वर्ष उनीहरु नयाँ घर सरे । त्यहाँ सुनिताको छिमेकी केटोसँग दोस्ती भयो । राजेशले एक पटक आफ्नी श्रीमतीलाई ती केटोसँग संदिग्ध अवस्थामा भेटेका थिए । यसबाहेक अर्को एउटा घटना छ जसका कारण दुबैको सम्बन्ध थप चिसियो ।

सुनिताकी आमा केही समयअघि छोरी ज्वाईंको घरमा आएकी थिइन् । ज्वाईं राजेशले सासुलाई मन पराउँदैनथे । उनी सुनिताकी आमालाई घर जानका लागि स्टेशनसम्म पुर्याउन गए तर उनी घर पुगिनन् । राजेशले आमाको हत्या गरेको हुनसक्ने सुनिताले शंकाम गरिन् । जब विवाह बचाउनका लागि सबै बाटो बन्द भयो तब सुनिताले एउटा भयानक षड्यन्त्र रचिन् । उनले दिन–रात अपराधकाम सिरियल्स हेरिन् र श्रीमानबाट छुटकारा पाउने उपाय खोजिन् ।

भ्यालेन्टाइन्स डेमा सुनिताले आफ्नो योजना सफल पारिन् । सुनिताले राजेशको ड्रिङ्कमा विष हालिदिइन् जसका कारण राजेशको मृत्यु भयो । त्यसपछि राजेशको शवलाई काट्न सुरु गरिन् । दुई घण्टामा शवलाई आठ टुक्रा पारिन् । आफ्नो घर बाहिरको खाली जग्गामा एउटा खाल्डो खनिन् र शवको टुक्रा हालिन् । टाउकोलाई एउटा प्लाष्टिक ब्यागमा प्याक गरिन् र नालीमा हालिन् । खुट्टालाई अर्को स्थानमा खाल्डो खनेर पुरिन् । घर फर्किएर रगत पुछिन् र खाल्डो खनेको ठाउँमा बालुवा–गिट्टीले ढाकिन् ।

त्यसको दुई दिनपछि सुनिता पुलिस स्टेशन गइन् र श्रीमान हराएको रिपोर्ट दर्ता गरिन् । केही समयसम्म छिमेकीले राजेश बारे सोधे र पछि उनीहरुले पनि वास्तै गर्न छाडे । उक्त घटनाको केही समयपछि पुलिसले सडे–गलेको टाउको भेटे जसका कारण पुलिस सतर्क भए ।

यो कहानीले त्यतिबेला मोड लियो जब उनका घर मालिक आएर त्यहाँ मर्मतको काम देखेर सोधे तर सुनिताले यसको सन्तोषजनक जवाफ दिन सकिनन् । तयसको केही समयपछि घर मालिक फर्किए र बालुवा हटाएर हेर्दा त्यहाँ औंला देखेर डराए । जब बालुवा हटाउँदै थए तब त्यहाँ पूरा हात देखियो त्यसपछि घर मालिकले पुलिसलाई सूचना दिए । पुलिस फसेन्सिक विज्ञसहित आएर सुनितालाई कडा तरिकाले सोध्दा उनले आफ्नो अपराध स्विकार गरिन् ।

सुनिताले श्रीमानसँगको आफ्नो सम्बन्ध एक वर्षदेखि बिग्रिएको र सम्बन्धविच्छेदको स्थितीमा पुगिसकेको जानकारी दिइन् । साथीलाई देखेर उनका श्रीमान् थप रिसाएको पनि सुनिताले पुलिसलाई बताइन् । त्यसपछि आफूले श्रीमानको हत्याको योजना बनाएको उनले पुलिसलाई जानकारी दिइन् ।

सुनितालाई न्यायिक हिरासत पठाइएको छ र उनका छोरालाई बालगृहमा राखिएको छ ।