न्यायाधीशले घुस डिल गरेको अडियो प्रकरणमा नेपाल बारको ध्यानाकर्षण

न्यायाधीशले घुस डिल गरेको अडियो प्रकरणमा नेपाल बारको ध्यानाकर्षण

नेपाल बार एसोसिएसनले न्यायाधीश घुस प्रकरणले नागरिकको अन्तिम विश्वास रहेको न्यायपालिकाको छवि धुमिल पार्ने काम भएको भन्दै निन्दा गरेको छ । बारले बुधबार(आज) विज्ञप्ति जारी गरी न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीबाट भएको भनिएको त्यस्तो कार्यप्रति निन्दा गरेको हो ।

“न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको निम्ति यस एसोसिएसनले सदैव पहरेदारी गरी आएको सन्दर्भमा काठमाडौं जिल्ला अदालतका मा। न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचमा ई। इच्छाराज तामाङलाई धरौटीमा छुटाउनको लागि मोलमोलाइ गरिएको अडियो भनी मिति २०७९र०३र०७ गते राति ‘सिधा कुरा जनतासँग’मा प्रसारित अडियो समाचारका सम्बन्धमा यस नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रूपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरूको नेपाल बार एसोसिएसन घोर निन्दा गर्दछ ।”

बारले समाचारमा आएको अडियोका सन्दर्भमा आधिकारिकता छानबिन गर्न पनि माग गरेको छ ।

 

nepal bar bigyapti.jpg