एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज

एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज

अखिल नेपाल फुटबल संघ (एन्फा)का नव निर्वाचित पदाधिकारीको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको एन्फाले जनाएको छ।

काठमाडौँमा सोमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्बाङ नेतृत्वको कार्यसमिति निर्वाचित भएको छ।