अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्व आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिने पाठकविरुद्ध मंगलबार अख्तियारले नै भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताए । 

प्रवक्ता कोइरालाका अनुसार आयुक्त पाठक र घुस दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्व विशेष अदालतमा मुद्दा दायर भएको हो । न्यौपानेलाई प्रतिवादी बनाइएको छ।

अख्तियारले पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरेको छ । ऐनअनुसार कसुर प्रमाणित भएमा दुवै जनाले ७८ लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ। सोही बराबरको उनीहरुको सम्पत्ति जफत हुनेछ।