आजको मौसम

आजको मौसम

नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । विशेषगरी प्रदेश-१, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा गएराति ठूलो पानी परेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए। झापा, सप्तरी र सिन्धुलीमा ठूलो वर्षा भएको छ । अहिले भने देशका धेरै ठाउँका पानी पर्न रोकिएको छ, घाम लागेको छ ।

आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिए । उनका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

प्रदेश-१ को एकरदुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले यो प्रदेशका पहाडी क्षेत्रमा पहिरो र नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको छ । बाढी डुबानको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।