सत्तापक्षकै सासंदहरुले बजेट किन कार्यान्वयन भएन भन्दै सरकारसंग जवाफ मागे

सत्तापक्षकै सासंदहरुले बजेट किन कार्यान्वयन भएन भन्दै सरकारसंग जवाफ मागे

सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा शून्य समयमा बोल्दै बोल्दै सत्त पक्षीय सांसदहरुले नै सरकार जवाफदेही नभएको बताउनुभएको छ ।

प्रदेश सभाको बैठकमा सत्तारुढ नेकपाका सासंदहरुले प्रदेश सरकारले नीतिगत रुपमा ब्यवस्था गरेका कुरा कानून बनाएर कार्यान्वयन गर्ने बिषयमा सरकार उदासीन बनेको आरोप लगाएका छन् ।

गत बर्षको प्र्राकृतिक प्रकोपबाट पीडित भएका जनताले हालसम्म पनि राहत पाउन नसकेको भन्दै नेकपाका सासंद कुन्ती जोशीले आकस्मिक राहत कोष बनेको के का लागि हो जवाफ दिन सरकारसित माग गर्नुभयो । 

सत्तापक्ष नेकपाकै सासंद दुर्गा कामीले जनताले प्रदेशसमा सरकार भनने कुराको अनुभूति गर्न कहिले पाउने भनि प्रश्न गर्नुभयो । उहाँले गत बर्षको असिनापानीबाट बाली नोक्सान भएका किसानहरुले अहिले सम्म राहत नपाएको भन्दै नीतगत रुपमा भएका ब्यवस्था कानून बनाएर कार्यान्वयन गर्न नसक्नुको कारण सदनमा पेश गर्न सरकार समक्ष माग गर्नुभयो । 

प्रदेश सभाको सत्तापक्षका अर्का सांसद देवकी मल्लले बझाङको केदारस्यूँ गाउँपालिकामा पहिरोबाट एकजनाको ज्यान गएको र दुई जना घाइते भएकोले मृतकका आफन्तलाई राहत र घाइतेको उपचारमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले नीतगत बयवस्था भइसकेको प्रकोप आकस्मिक कोष संचान हुने गरी कानूनी ब्यवस्था हुन नसक्नुको कारणबारे सदनमा जानकारी दिन सरकार समक्ष माग गर्नुभयो । 
 
सत्तापक्षकै सासंद माया तामाङ बोहराले सरकारसित जनताले अपेक्षा धेरै गरेको भएपनि सरकार जनताको अपेक्षामा खरोसंग काममा गर्न असफल रहेको बताउनुभयो । बजेट कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको बताउँदै उहाँले बजेट कार्यान्वयन हुन नसक्नुको कारणबारे सदनमा जवाफ दिन सरकारसित माग गर्नुभयो । 

प्रदेश सभाको आजको बैठकको शून्य समयमा प्राय सत्तापक्षका सासंदहरुले बोल्नुभएको थियो । प्रतिपक्षदी दल नेपाली कांग्रेसका सासंद डिल्लिराज पन्तले प्रदेश सभामा बोल्दा सासंदहरुले भाषगत कुरामा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रदेश सभाको अर्को बैठक चैत १४ गते दिउँसो २ बजे बस्ने छ ।