नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा : तीन जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा : तीन जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। शैक्षिक प्रमाणपत्रहरु कीर्ते गरी नक्कली बनाई विभिन्न प्रयोजनका लागि पेश गरेको भन्ने सूचनाका आधारी प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउपर्नेहरुमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई हाल काठमाडौं बनस्थली बस्दै आएका विकाश अमगाई, काभ्रे पनौती नगरपालिका–२ कुसादेवी घर भई काठमाडौं छाउनीका राज कुमार हुमागाई र गोरखा भिमसेन थापा गाउँपालिका–८ घर भई काठमाडौं बनस्थलीका मोहन पुडासैनी रहेका छन्।

उनीहरुको साथबाट राज कुमार हुमगाईको नामको ए। ७७६८४१  नम्बरको स्नातक तहको एकेडेमीक ट्रान्सकृफ्ट एक थान र विकाश अमगाईको नामको ए २४२९९६ नम्बरको प्रोफीसीयन्सी सर्टीफीगेट लेभलको एकेडेमीक ट्रान्सकृफ्ट एक थान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विषेश प्रहरी टोलिले काठमाण्डौं महानगर(३, महाराजगञ्जबाट नक्कली एकेडेमीक ट्रान्सक्रीप्ट ३ जनालाई नियन्त्रणमा लिएको हो। 

उनीहरुलाई नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलगनलाईसमेत काठमाण्डौं बागबजारबाट नियन्त्रणमा लिएको छ।