११ बर्ष निस्वार्थ गिद्ध संरक्षणमा लागेका रानालाई कसैले हेरेन

११ बर्ष निस्वार्थ गिद्ध संरक्षणमा लागेका रानालाई कसैले हेरेन

विमल धामी, कञ्चनपुर : नेपालबाटैै लोप हुनलागेको गिद्ध संरक्षणमा १ दसक भन्दा बढी समय देखि निस्वार्थ संरक्षमा खटिएका कञ्चनपुर बेलडाँडीका ४० बर्षे युवा डुठ्ठा रानालाई अहिले सम्म कसैले पनि हेराका छैनन् ।

सन २००८ देखि निरन्त्रण गिद्ध संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागेका अभियान्तालाई कुनै पनि नियकाय बाट कुनै खाले सहयोग नभएको संरक्षक रानाले बताए ।

सानो छदा गुलेली खेल्ने रानाले सन २००७ मा चराचुरुङ्गी संरक्षण सम्वन्धी तालिम पाए पछि उनको जीवन व्यावहारमा ठुलो परिवर्तन आएको थियो । त्यति बेला चरा संरक्षमा लागेको १ संस्थाले उनलाई तालिम दिए पछि आफ्नो जिवनमा मार्ने भन्दा नि संरक्षण गर्नुपर्ने भावना पलाएको बताए ।

नेपालमा गिद्ध ९५ प्रतिशतले लोप भइसके पछि आफुले कसरी गिद्ध लोप हुन थाले भन्ने विषयमा आफुले अनुसन्धान गर्दा पशुलाई दुखाइ कम गर्ने डाक्लोकेनेक खुवाइने हुनाले पशु मरेर जादा त्यसमा रहेको आषधी नमर्ने र गिद्धले खादा गिद्ध मर्ने या नपुसक हुने हुदा गिद्ध लोप भएको पाइएको छ ।

एग्रोभेटहरुमा छपा हान्दा सबैले त्यहि औषधी भेटिए पछि रानाको पहलमा त्यो औषधी फिर्ता लिने त्यसका ठाउँमा अर्को काम गर्ने औषधी मेलोसिक्याम भन्ने औषधी वितरण गरि डाक्लोकेनेक औषधी नेपालमा बेण्ड गर्नलगाएको बताए । ११ बर्ष पहिलाको अनुसन्धानले नेपालमा गिद्धको संख्या ५००देखि ५००० रहेको र अहिले हेर्दा १० हजार भन्दा बढी रहेको र कञ्चनपुरमा मात्र ५०० भन्दा बढी रहेको रहेको वहाँले बताउनु भयो ।

गिद्धका कारण जलबायुमा समेत सकारात्मक परिवर्तन भई दुषित वातावारण हटेर जानुका साथै हैजा जस्ता रोग गिद्धले पाचन गर्ने हुदा हैजा नफैलिने समेत रानाले बताए ।

गिद्ध तथा पशुपंक्षी संरक्षणमा काम गर्ने विसिएन, हिमाली नेचर, जेडएसएन जस्ता संस्थाले काम गरे पनि यसरी निस्वार्थ भावनाका साथ संरक्षणमा लागेका रानालाई संरक्षणका बेला प्रयोग गरिने इक्युमेन्ट समेत उपलब्ध गराउन सकेका छैन्न । बरु संस्थाहरुले वहाँले गरेका कामको जस आफुले लिने गरेको पाइएको छ । यसमा स्थानीय सरकारको समेत ध्यान जान जरुरी छ । 

राना भन्छन् यत्रो बर्ष निस्वार्थ काम गरे कसैले समेत संरक्षणका बेला प्रयोग गरिने उपकरण जस्तै क्यामरा, वाइनाकुलर, झोला, स्टीक, जत्ता ड्रेस जस्ता उपकरणहरु उपलब्ध गराउन सकेका छैनन् । भत्ता, यातायात त कहाँ हो कहाँ ।यसरी स्वस्फुर्त संरक्षण्मा खटिएकाहरुलाई सरकारले पनि वहाँहरुलाई हेर्नुपर्ने हुन्छ ।