अलैची खेतीमा किसानको आकर्षण

अलैची खेतीमा किसानको आकर्षण

पछिल्लो समय जिल्लाका किसानको अलैची खेतीमा आर्कषण बढेको छ। धान, मकै तथा कोदोलगायत अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीन मासेर किसानले धमाधम अलैंँची लगाउन थालेका छन् ।

अन्य बालीले भन्दा अलैंँचीको आम्दानी बढी हुने भएकाले पनि अलैंँची खेतीमा किसानको आकर्षण बढेको केआइ सिंह गाउँपालिका काफलीका अलैँली खेतीका किसान नारायण धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो “अलैँचीको मूल्य पनि राम्रो भएको र अन्य खेतीजस्तो बढी मेहनेत पनि नगर्नु पर्ने भएकाले यसको आकर्षण बढेको हो ।” 

‘खोल्सीको कालो सुन’ अलैँची धान फल्ने खेत मात्र होइन, खोल्सा खोल्सीलगायत सबै ठाउँमा लाग्ने र खेर गएको ठाउँसमेत सदुपयोग गर्न सकिने भएका कारण अलैंँचीको विस्तार गर्न थालिएको जोरायल गाउँपालिका ५ का अर्का अलैँची किसान शेरबहादुर देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अलैँची लगाउन ठूलो केही चाहिँदैन, सामान्यतया पानी हुने खोल्साखोल्सीमा पनि भएकाले अलैँची खेती गर्दा फाइदै फाइदा छ ।” 

यहाँका ग्रामीण क्षेत्रका धेरै घरका करेसाबारीमा समेत अलैंँचीले ढाकेको छ । जेठ तेस्रो हप्तादेखि साउन पहिलो सातासम्म अलैंँचीको बिरुवा रोप्ने गरिन्छ । सोही समयमा अलैँची खेती गरेका यहाँका किसानको अलैँची अहिले ढकमक्क परेको छ ।

यहाँका किसानले लगाएको अलैँची खेतीले गाउँ घरका खोल्साखोल्सी पनि रमाइलो भएको केआइसिंह –२ का शेरबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “शुरु शुरुमा के अलैँची होला सोचेका थियौँ, अहिले त ढकमक्क भएर यहाँको शोभा नै बढाएको छ ।” 

यहाँका किसानले पूर्वी नेपालका इलाम, ताप्लेजुङलगायत ठाउँबाट अलँैचीका बिरुवा ल्याएर खेती गर्न थालेको स्थानीय किसान बताउँछन् । डोटीमा पहिलो पटक किसानले अलैँची लगाएर व्यावसायिक खेती गर्न थालेका हुन् ।

यहाँका किसानले सयौँ रोपनी खेतमा अलैँची लगाएको बताइएको छ । अलैँचीका बिरुवाका पातमा रोग लागेर केही पात सुक्दै जान थालेपछि किसान भने चिन्तित भएका छन् ।

पछिल्लो समय डोटीका किसानले व्यावसायिक रुपमा अलैँची खेती गर्न थालेपछि यहाँका बाँझा तथा खोल्सा परेका जमीन कामलायक हुन थालेको बडीकेदार गाउँपालिका १ बिपी नगरका लोकेन्द्र छेडालले बताउनुभयो । उहाँले भन्नुभयो, “काम नलाग्ने भनेर छोडिएका जमीन पनि अलैँची खेती गरिन थालेपछि सदुपयोग भएको छ ।”