सशस्त्रका ३७ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

सशस्त्रका ३७ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका ३७ जना नायब उपरीक्षक (डीएपी )हरू प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। 

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा समितिको निर्णयानुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको हो।

बढुवाको एक नम्बरमा टोपबहादुर डाँगी रहेका छन्। बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिन भित्र उजुरी दिन सकिने छ।