चीनमा जलाइयो विश्वको ३० हजार नक्सा, कारण यस्तो

चीनमा जलाइयो विश्वको ३० हजार नक्सा, कारण यस्तो

चीनले अरुणाचल प्रदेश र ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा नदेखाएको भन्दै देशमा छापिएका ३० हजार भन्दा बढी विश्व मानचित्रलाई नष्ट गरिदिएको छ ।

चिनियाँ सञ्चारमाध्यममा आएको समाचार अनुसार चीन भारतको पूर्वोत्तर राज्य अरुणाञ्चल प्रदेशको उत्तरी भूमिलाई दक्षिण तिब्बतको हिस्सा भनेर दाबी गर्दै आएको छ भने भारतले त्यसलाई आफ्नो भूमि भन्दै सोही ठाउँमा भारतीय नेताहरु समेत आउने गरेका छन् । यद्यपि चीनले सो विषयमा चासो राख्दै अरुणाञ्चल प्रदेशमा भारतीय नेताहरु आउँदा समेत आपत्ति जनाउने गर्दछ । 

भारतले भने अरुणाञ्चल प्रदेश उसको अभिन्न हिस्सा मान्दै आएको छ । भारतीय नेता देशका अन्य हिस्सा जस्तै समय-समयमा अरुणाञ्चल प्रदेशमा जाने आउने गर्दछन् । दुबै देशले कूल ३४ सय ८८ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखासँग जोडिएको सीमा विवादलाई हल गर्नको लागि अहिले २१ चरणको वार्ता गरिसकेका छन् । चीनले ताइवानलाई पनि आफ्नो हिस्सा मान्दै आएको छ ।

सरकारी समाचारपत्र ग्लोबल टाइम्समा मंगलवार छापिएको एक खबरका अनुसार यी मानचित्रलाई देशबाहिर पठाउने तयारी हुँदै थियो । यस देशको नाम भने सार्वजनिक गरिएको छैन । खबरमा बताइए अनुसार चीनको किङ्गदाओमा सीमा अधिकारीहरुले करीब ३० हजार गलत विश्व मानचित्रलाई नष्ट गरिदिएको हो । जसमा ताइवानलाई अलग देश देखाइएको थियो र चीन-भारत सीमाको समेत गलत चित्रण गरिएको थियो । 

इन्टरनेशनल ल अफ चाइना फरेन अफेयर्स यूनिवर्सिटीका प्रफेसर लियु वेंगजोंगले भने कि, ‘चीनले यस सम्बन्धमा जे गरेको छ त्यो पूर्ण रुपमा बैध र आवश्यक छ । किनकी सम्प्रभुता र क्षेत्रीय अखण्डता कुनैपनि देशका लागि सबैभन्दा महत्वपूर्ण चीज हुनुपर्छ । ताइवान र दक्षिण तिब्बत दुबै चीनको क्षेत्रमा पर्दछ । जुन अन्तर्राष्ट्रिय कानूनका आधारमा अटूट र अभिन्न छ।’