अमेरिका : चर्चित गायीका इन्दिरा जोशीले न्युयोर्कमा हुने अमेरिकन लिटिल ट्यालेन्ट शो मा निर्णायकको रुपमा भाग लिने भएकी छिन । युनाइटेड नेप्लीज एसोशिएशन (यूएनए) को चौथौ सम्मेलनमा नेपाली अमेरिकन लिटिल ट्यालेन्ट शो पनि हुदै छ ।
शो मा अमेरिकको विभिन्न राज्यमा रहेका नेपाली र नेपाली मुलका अमेरिकनले भाग लिने छन् । युवा प्रतिभाहरूको क्षमता अभिवृद्धिका लागि गर्न लागिएको कार्यक्रममा नेपालकी चर्चित गायीका तथा सफल टेलिभिजन रियालीटी सो नेपाल आइडलकी निर्णायक इन्द्रिरा जोशी पनि निर्णायकको रुपमा सहभागि हुन लागेकी हुन् ।
अमेरिकाका बिभिन्न राज्यमा रहेका प्रतिभा छनोट गरि न्युयार्क ल्याइने छ । त्यसका लागि विभिन्न राज्यहरुमा निर्णायकहरुको ब्यवस्था भइ सकेको छ । युएनए चौथौ सम्मेलनका लागि सांस्कृतिक समितिका संयोजक एवं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढाद्वारा शुक्रवार जारी विज्ञप्तिमा इन्दिरा मे को पहिलो साता नै अमेरिका आउने जनाइएको छ ।
नेपाली अमेरिकन लिटल ट्यालेन्ट सो अमेरिकामा बाहिर नदेखिएका , लुकेका युबा प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि हो र यही कार्यक्रमबाट इच्छाशक्ति र अनुभव बटुलेर भोलि अमेरिकन आइडल, अमेरिकन गड ट्यालेन्ट शोहरूमा जान सक्ने बाटो खोल्नको लागि समेत यो आयोजना गरिएको आयोजकको भनाइ छ ।