भारत को ब्याङ्लोर हिँडेका ६० जना यात्रु ५ दिन देखि बिच बाटोमा अलपत्र

भारत को ब्याङ्लोर हिँडेका ६० जना यात्रु ५ दिन देखि बिच बाटोमा अलपत्र

धनगढी ।
भारत को ब्याङ्लोर हिँडेका ६० जना यात्रु बिच बाटोमा अलपत्र परेका छन् । 
धनगढी र अत्तरीया लगायतका विभिन्न टुर एन्ड ट्राभलले  ६० जना यात्रुलाई बिच बाटो अलपत्र  पारेका हुन् ।

जेठ ३१ गते ब्याङ्ग्लोर हिंडेको गाडी आज ४ गते सम्म पनि बाटो मै रहेको यात्रु हरु ले दुखेसो पोखेका छन् ।

यात्रु बाट टिकट को पैसा लिएर गाडी मलिक लाई पैसा नै नदिई एजेन्ट फरार भए पछि टिकट काटेर हिँडेका २ जना बिरामी सहित ६० जना यात्रुबिच बाटोमा अलपत्र परेका छन् ।  श्री त्रीवेणि बडिमालिका टुर एन्ड ट्राभल को एन एल -0१ -बि -२३३५ नम्बर को गाडीले उनीहरलाई बीच बाटो मै रोकेर बसेको छ ।

यात्रुहरुले  श्री केदार,सुर्मासमैजी,खप्तडसैपाल ,रणसैनि र श्री लाटाकाफली टुर एन्ड ट्राभल बाट जेठ ३१ गते ब्याङ्ग्लोरका लागि टिकट लिएका थिए ।

हामी सङ्ग खाना खान पैसा पनि छैन भएको पैसा पनि गाडी मालिकले खोसेर लगे  बस यात्री अरुण मल्लले बताए

'अहिले हामी आन्द्रा र कर्नाट्कका को बिचमा छौ, ड्राइभर र खलासीले २ जना बिरामी लाई आफन्त ले लैजान खोज्दा नेपाली माथि कुटपिट पनि गरे  र बिरामी लाई सामान बन्दकि राखेर मात्रै जान दिए '  मल्ल ले भने।

भारतीय ३ जना ड्राइभर र एक जना खलासीलाई हामि लाई यसरी दुख दिन पाईदैन भन्दा ड्राइभर हरु ले उल्टै नेपाली हरु लाई कुटपिट गरेको दुखेसो पोखेका छन् ।

पछिल्लो समय भारत र खास गरि ब्याङ्लोर जाने यात्रु बाट पैसा उठाउने र अलपत्र पार्ने एजेन्टहरुको धन्दा बढ्दो छ। बस को सट्टा रेल को यात्रा तुलनात्मक रुपमा सस्तो र आरामदायी भए पनि यात्रुहरुले अबुझपन का कारण दुस्ख पाउने गरेका छन् ।

उक्त खबर प्राप्त भए पछि हामीले यात्रु हरु को उद्दारका लागी जिल्ला प्रहरी कार्यालय मार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौ ।