नेपाल र भुटानबीचको खेल आज हुँदै

नेपाल र भुटानबीचको खेल आज हुँदै

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आज शुक्रवारबाट मलेसियामा शुरू हुँदैछ ।

 

च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ । यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८:४५ बजे शुरू हुनेछ ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

यस्तै समूह 'ए' मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिवार खेल्नेछ ।

यस्तै नेपालले सोमबार  बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।