बुहारीको मुख हेराइमा ३ अर्बको उपहार ?

बुहारीको मुख हेराइमा ३ अर्बको उपहार ?

भारतमा सेलिब्रेटीहरुको विवाह र यसमा हुने खर्चले राम्रै चर्चा पाउने गरेको छ । धनी भारतीयहरुको खर्च गर्ने तरिकाले मिडियामा राम्रै स्थान पाउने गर्दछ । पछिल्लो समय भने मुकेश अम्बानीको छोराको विवाहसँग सम्बन्धीत घटनाहरु आइरहेका छन् । 

भारतीय धनाढ्य मुकेश अम्बानीको छोरा आकाश अम्बानीको विवाह हिरा व्यापारी रसेल मेहताकी छोरी श्लोका मेहतासँग भएको थियो । विवाह ९ मार्चमै भएपनि उक्त विवाहको भोज–भतेर, सेलिब्रेटीहरुको आगमन जस्ता विषयले हालसम्म पनि धेरैको ध्यान तानिरहेको छ । 

हालै यहि विवाहसँग घटनाले भारतीय मिडियामा तिब्र चर्चा पाइरहेको छ । मुकेशकी पत्नी नीता अम्बानीले आफ्नी बुहारीको लागि किनिदिएको महँगो उपहारको कारण चर्चा चलेको बताइन्छ । 

वुमेन्सएरा पत्रिकाले लेखे अनुसार नीताले बुहारी श्लोकाको मुख हेर्ने कार्यक्रमको लागि ३ अर्ब भारतीय रुपैंयाको हिराको नेकलेश दिएकी छिन् ।

अरुले दिएको भन्दा पृथक उपहार दिन खोजेकी नीताले अन्ततः नयाँ बुहारीको लागि त्यस्तो अद्भुद र महँगो उपहार दिएको बताइएको छ । 

उक्त उपहार पाएपछि श्लोका दंग परेको बताइन्छ । प्रख्यात हिरा व्यापारीको छोरीलाई अब्बल हिराको हार दिन पाउँदा नीता पनि सन्तुष्ट रहेको खबर आएको छ । त्यसबाहेक नीताले आफ्नो परिवारको पुख्र्यौली सुनको हार पनि नयाँ बुहारीलाई दिएकी छिन् । 

त्यस्तै आकाशकी बहिनी ईशा अम्बानीले पनि आफ्नी नयाँ भाउजु र दाइलाई शानदार बंगला उपहार दिएकी छिन् ।चर्चित सेलिबे्रटीसँगको हेलमेल, भब्य खर्च र राम्रो मिडिया कभरेजले अम्बानी र मेहता परिवार दंग रहेको पनि दाबी गरिएको छ।