भारतमा कोरोना संक्रमण तीव्र, एकैदिन १२ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना संक्रमण तीव्र, एकैदिन १२ हजारभन्दा बढी संक्रमित

भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ।

पछिल्लो २४ घण्टामा  १२ हजार २१३ जना संक्रमित फेला परेका छन् भने ११ जनाको मृत्यु भएको छ। सोही अवधिमा भारतमा ७ हजार ६२४ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ ।  

भारतको सरकारी तथ्यांक अनुसार हाल कोरोना संक्रमितको संख्या ५८ हजार २ सय १५  छ । हालको संक्रमणमुक्त दर ९८।६५५ छ भने दैनिक संक्रमण हुने दर २।३५५ र साप्ताहिक संक्रमण दर २।३८५ छ।

 

बुधबार दिल्लीमा कोरोनाका १ हजार ३७५ नयाँ संक्रमित भेटिएका छन् ।  दिल्लीमा संक्रमण दर ७।०१ प्रतिशत रहेको छ। बुधबार दिल्लीमा संक्रमणका कारण मृत्यु भने भएको छैन । 

नयाँ संक्रमित थपिएपछि दिल्लीमा कुल संक्रमितको संख्या १९ लाख १५ हजार ९०५ पुगेको छ । दिल्लीमा हालसम्म कोरोनाबाट २६,२२३ को मृत्यु भएको छ।