युवा सघंको पहलमा यातायात कार्यालय धनगढीमा सिसि क्यामरा जडान

युवा सघंको पहलमा यातायात कार्यालय धनगढीमा सिसि क्यामरा  जडान

धनगढी : युवा संघ नेपाल धनगढीको पहलमा यातायात कार्यालय धनगढीमा सिसि क्यामरा जडान गरिएको छ ।

विगत  केही समय अगाडी यातायात कार्यलय कैलाली लाई कार्यालयको मातहतमा हुने सवारी चालक अनुमती पत्र विबरण प्रणाली व्यवस्थीत नहुदा र त्यहाँ अनियमितता हुने गरेको जनगुनासो बढेपछि युवा संघ धनगढीले ध्यान आर्कषण गराएको थियो ।

उक्त सन्र्दभमा प्रदेश सरकारका यातायात मन्त्री र यातायात कार्यालयका प्रमुख बाट तिन महिना भित्रै समाधान गर्ने निर्णय भएको थियो । जनताको प्रत्यक्ष भिडभाड हुने अन्य कार्यालयमा पनि सिसि क्यामरा लगाउन पहल गरिरहेको युवा सघका केन्द्रिय सदस्य बिनय शाहले बताउनुभयो ।

सिसि क्यामरा लगाए पछि यातायात कार्यलयमा १६ वटा र ट्राएल सेन्टर ९ वटा क्यामरा लगाइएको र  काम गर्न सहज भएको  यातायात कार्यालय सेतिका प्रमुख बिशन सिहँ थापाले बताउनुभयो ।

युवा सघले धन्यवाद सहित पत्रकार सम्मेलनमा जारी गरेको बिज्ञप्ती