भारतमाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

भारतमाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

दक्षिण अफ्रिकाले दोस्रो टी २० अन्तर्राष्ट्रियमा भारतलाई ४ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ। आइतबार राति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले हराएको हो ।यस जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको सिरिजमा २(० को अग्रता बनाएको छ ।

भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८।२ ओभरबा ६ विकेट गुमाएर पूरा गर्‍यो।दक्षिण अफ्रीकाको जितमा विकेटकिपर हेनरिक क्लासेनको सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेले।यस्तै कप्तान टेम्बा बाभुमाले ३५ तथा डेभिड मिलरले अविजित २० रन जोडे।

भारतका लागि भुवनेश्वर कुमारले ४ तथा हर्सल पटेल र युजभेन्द्र चाहलले एक(एक विकेट लिए ।त्यसअघि बारबाती स्टेडियम कटकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो। 

भारतका लागि श्रेयस ऐरले सर्वाधिक ४० रन बनाए। दीनेश कार्तिक ३० रनमा अविजित रहँदा हर्षल पटेल १२ रनमा अविजित रहे।अक्षर पटेलले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दक्षिण अफ्रीकाका एनरिच नोर्कियाले २ विकेट लिए। यस्तै कागिशो रबाडा, वाइने पार्नेल, ड्वेन पिट्रिरियस र केशव महाराजले १(१ विकेट हात पारे।यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो। तेस्रो खेल विशाखापटनममा भोलि हुनेछ।