चिया बनाउन नमान्दा श्रीमतीको हत्या

चिया बनाउन नमान्दा श्रीमतीको हत्या

कहिलेकाहीँ घटना हाम्रो सोंचाइ बाहिरका हुन्छन् । हामीले ध्यान दिइरहेका नै हुँदैनौ । सामान्य विवादले मानिसलाई मृत्युको मुखसम्म पु-याउँछ भनेर ।

मानिसले एकछिनलाई आफ्नो रिस थाम्न नसक्दा सधैँका लागि जिन्दगी बर्बाद पारेका हुन्छन् । यस्तै भएको छ, भारत महाराष्ट्रको कोल्हापुरमा पनी । ४९ वर्षीय एक व्यक्तिले ३८ वर्षकी आफ्नी श्रीमतीको हत्या गरेका छन् । हत्याको कारण बुझ्दा सबैलाई अचम्मित पारेको छ ।

श्रीमतीले चिया बनाउन नमान्दा रिसिएका श्रीमानले हत्या गरे । प्रहरीले अभियुक्तको बयानका आधारमा यो कुरा पुष्टि गरेको छ । आरोपी रमेश गायवाडले घाँटी थिचेर श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुबीच सामान्य बिषयले निकै झगडा हुने गर्दथ्यो । अन्ततः त्यो दिन चियाले ज्यान लियो ।