कोरियन वनको भाउ केही बढ्यो, रियाल, रिंगिट र दिर्हाम घट्यो

कोरियन वनको भाउ केही बढ्यो, रियाल, रिंगिट र दिर्हाम घट्यो

काठमाण्डौ : मंगलबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ केही पैसा घटेको छ । कोरियन वन भने केही पैसा बढेको छ । 

आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ६० पैसा तोकेको छ । सोमबार ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ ।  हिजो सोमबार खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको थियो । 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ ११ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा थियो ।

यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ४६ पैसा तोकिएको छ । हिजो सोमबार खरिददर ३६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६९ पैसा तोकिएको थियो । 

बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २९३ रुपैयाँ ३६ पैसा छ । हिजो खरिददर २९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४४ पैसा थियो ।

यस्तै, आज मंगलबार कोरियन वनको भाउ केही पैसाले बढेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेका थियो ।