उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री

उत्तर कोरियामा पहिलोपटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेशमन्त्री बन्ने मौका पाएकी हुन् ।
 
यसअघि, उपविदेशमन्त्रीका रूपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गरेको अधिकारीहरूले जनाएका छन् ।
 
कूटनीतिक सेवावाट आएकी हुइले दुईदेशीय वार्ताका क्रममा पनि विगतमा महत्त्वपूर्ण योगदान गरेकी थिइन् । उनलाई अंग्रेजी भाषाको पनि राम्रो ज्ञान छ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
 
उनले भनिन्, “मलाई लाग्छ, हाम्रो प्रस्तावलाई अस्वीकार गरेर अमेरिकाले सुनौलो अवसर गुमाएको छ ।”