विप्लवका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्य पक्राउ

विप्लवका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्य पक्राउ

विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गंगा ज्ञवाली (सुमन) लाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

नवलपरासी पश्चिम बर्दघाट –४, बाढी पीडित बस्तीमा उनको घरबाटै सोमबार राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ ।

यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट विप्लवका नवलपरासी जिल्ला सदस्यलाई पनि पक्राउ गरेको छ । विप्लवका जिल्ला सदस्य कावासोती नगरपालिका १५, शेरगंज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनियालाई उनकै घरबाट पक्राउ गरेको  नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

मर्दनियालाई प्रहरी कार्यालय कावासोतीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।