वैदेशिक लगानी (एफडीआई) सबै भन्दा कम सुदूरपश्चिममा

वैदेशिक लगानी (एफडीआई) सबै भन्दा कम सुदूरपश्चिममा

धनगढी । मुलुकभर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सञ्चालनमा रहेको कुल आयोजनामध्ये ६२ वटा सुदूरपश्चिम प्रदेशमा रहेका छन्।

राष्ट्र बैंकका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल लागत ४ अर्ब ८० करोड रहेको ती आयोजनामा गत वर्षको अन्त्यसम्म २ अर्ब ४९ करोड ६० लाख रुपैयाँ एफडीआई प्रस्ताव गरिएको थियो।

यो आयोजनाको कुल लागतको करिब ५२ प्रतिशत हो। जिल्लागत रूपमा हेर्दा कञ्चनपुरमा सबैभन्दा बढी २३ वटा आयोजना सञ्चालनमा छन् । यस्तै, कैलालीमा १९, बैतडीमा ८, अछाममा ४, दार्चुला र डडेल्धुरामा ३÷३ र डोटी र बझाङमा १÷१ परियोजनामा वैदेशिक लगानी प्रस्ताव गरिएको राष्ट्र बैँकको अध्ययन प्रतिवेदनले देखाएको छ।  

परियोजना लागतका हिसाबले कैलालीमा सबैभन्दा बढी २ अर्ब ९८ करोड रुपैयाँ र सबैभन्दा कम डोटीमा १ करोड वैदेशिक लगानी रहेको छ। यस्तै चालु आर्थिक वर्षको फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका उद्योग सबैभन्दा बढी (८२ प्रतिशत) बागमती प्रदेशमा र सबैभन्दा कम (०.९ प्रतिशत) सुदूरपश्चिम प्रदेशमा रहेका छन्।