कैलालीको गोदावरी नगरपालिका ९ बल्मीमा मिनी ट्रक र मोटरसाईकल एक आपसमा ठोकिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का ५० वर्षीय तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाँउपालिकाका वीरबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। रावल जिल्ला समन्वय समिति कैलालीका लेखापाल हुन्।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको से ३ प ९४२९ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको भे १ ख १४१४ नम्बरको मिनी ट्रक ठोकिँदा दुवै जना गम्भीर घाइते भएका थिए।
घाईते दुवै जनाको सेती अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। साझँ ७:३० बजे दुर्घटना भएको थियो। मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।