मोरङबाट विप्लव समूहका दुई नेता पक्राउ

मोरङबाट विप्लव समूहका दुई नेता पक्राउ

मोरङ:नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका दुई नेतालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ। मोरङ कानेपोखरी गाउपालिका– ४ को भित्री गाउँबाट कोसी व्यूरो इञ्चार्ज पुस्कर क्षेष्ठ र आकाश शर्मालाई पक्राउ गरेको हो। शर्माको पार्टी हैसियत प्रष्ट भइसकेको छैन। दुवैजनालाई पार्टीको आन्तरिक प्रशिक्षणका लागि गाँउमा पुगेको समय प्रहरी श्रोतले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार दुवैलाई पक्राउ गर्ने क्रममा पर्दा अन्य नेता भने फरार भएका थिए। पूर्व पश्चिम राजमार्गको कानेपोखरीदेखि करिव ७ किलोमिटरमा पर्ने भित्री गाउँमा पक्राउ परेका नेकपा कार्यकर्तालाई पथरी सम्म ल्याइएको बताइएको छ।तर मोरङ प्रहरीले भने विप्लव कार्यकर्ता पक्राउको विषयमा अनविज्ञता प्रकट गरेको छ। मोरङका प्रहरी उपरीक्षक मनोज केसीले भने, ‘मोरङबाट पक्राउ पर्दा मलाई जानकारी हुनुपर्ने हो। जिल्लाको टोलीले पक्राउ गरेको भए खबर पाएको छैन।’