मोहना अत्तरिया छ लेन सडकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

मोहना अत्तरिया छ लेन सडकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते

धनगढी । मोहना अत्तरिया छ लेन सडकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । 

सोमबार छ लेन सडकको बोराडाडी सडक खण्डमा बा १ क ७०१२ नम्बरको टिप्परले सु.प.प्र. ०१ ०११ प ९३५ नम्बरको अपाची बाइकलाई ठक्कर दिएको हो । 

घटना स्थलमा खटिएका प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएको र पछाडि सवार व्यक्ती घाइते भएको र थप चेकजाँचकालागी अस्पताल पठाइएको छ ।  भने टिप्पर चालकको खोजी भइरहेको छ ।