सन्दीपको टिम दिल्लीको पहिलो खेलमा सहज जित

सन्दीपको टिम दिल्लीको पहिलो खेलमा सहज जित

इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले पहिलो खेलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा दिल्लीले मुम्बई ईन्डियन्सलाई ३७ रनले पराजित गरेको हो । 

दिल्लीले जितका लागि दिएको २ सय १४ रनको फराकिलो लक्ष्य पछ्‍याएको मुम्बईले निर्धारित १९ ओभर २ बलमा मात्र ६ विकेट गुमाउँदै मात्र १ सय ७६ रन बनाउन सक्यो ।  

मुम्बईका लागि युवराज सिंहले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनी ५ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भएका हुन । 

त्यस्तै कुनाल पाण्डेले ३३ रनको योगदान गरे । कोइन्टोन डी कोकले २७ रन बनाउदा किरोन पोलर्डले २१ रन तथा रोहित शर्माले १४ रन बनाउन सफल भए । 

बलिङतर्फ दिल्लीका इशान्त शर्मा र कागिसो रबडाले सर्वाधिक दुई दुई विकेट लिए । ट्रेन्ट बोल्ट, केको पल र अक्षर पटेलले समान एक एक विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो । सन्दीप भने पहिलो खेलमा दिल्लीको टोलीमा पर्न सकेनन् ।

दिल्लीका लागि ऋषब पन्तले अविजित रहदै अर्धशतकीय पारी खेले । उनले ७८ रन बनाउन सफल भए । यस्तै कोलिन इन्ग्रामले ४७ रन जोड्दा शिखर धवनले ४३ रन जोडे । बलिङतर्फ मुम्बईका मिचेल म्याकक्लेनघनले ३ विकेट लिए ।