सुदूरपश्चिम प्रदेश सरकारले कानून निर्माण र रोजगारी सृजनामा जोड दिन आवश्यक छ: जोशी

सुदूरपश्चिम प्रदेश सरकारले कानून निर्माण र रोजगारी सृजनामा जोड दिन आवश्यक छ: जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेकी पूर्णा जोशीले प्रदेश सरकारले रोजगारीको अवसर सृजना, प्रतिव्यक्ति आय बढाउने कुरामा जोड दिनु पर्ने बताएकी छन् । प्रदेश सभामा पेश गरेको विनियोजन विधेयक २०७९र८० को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदैं जोशीले सो कुरा बताएकी हुन् । 

प्रदेशमा लैङ्गिक असामानताका कार्य बढिरहेका उल्लेख गर्दै उनले लैङ्गिकताको सवालमा सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गरिन् । 

कृषि, पर्यटनलाई व्यवसायीकरण गर्ने कार्यमा प्रदेश चुकेको जोशीको भनाइ थियो । ‘कर्णाली पुलमा लाइटिङको व्यवस्थामात्रै गरियो भने राति पानीमा लाइट हेर्नका लागि धेरै पर्यटक भित्रिने र होटल व्यवसाय फष्टाउने छ’, उनले भनिन् । 

प्रदेश सरकारले बनाउन बाँकी रहेका कानून बनाउनु पर्ने र प्रदेशमा बेरोजगारीको अन्त्य तथा रोजगारी सृजना गर्ने कुरामा जोड दिन आवश्यक रहेको उनको भनाइ थियो ।