धनगढीको राइस मिलमा आगलागी

धनगढीको राइस मिलमा आगलागी

धनगढी। धनगढीमा रहेको गायत्री राइस मिलमा आगलागी भएको छ । धनगढी १५ कनरीमा रहेको उक्त मिलमा बिहीबार बिहान साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट मिलमा भएको सम्पूर्ण अन्न जलेर नष्ट भएको मिलका सञ्चालक किरण सिंहले जानकारी दिएका छन् । खरले छाएको भान्साबाट सल्किएको आगो मिलमा पसेपछि क्षतिको मात्रा बढेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

“स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा लिइएको छ”, उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी छ ।” आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।