थप १५ जनामा कोरोना संक्रमण

थप १५ जनामा कोरोना संक्रमण

काठमाडाैँ । नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ९ सय २९ पिसिआर परिक्षणका क्रममा १२ जना र ९ सय १३ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २ जना निको भएका छन् ।

हाल नेपालमा ९८ सक्रिय संक्रमित आइसाेलेसनमा रहको मन्त्रालयले जनाएको छ ।