प्रदेश सभाको आजको बैठकमा सासंदहरुद्वारा सरकारको ध्यानाकर्षण

प्रदेश सभाको आजको बैठकमा  सासंदहरुद्वारा सरकारको ध्यानाकर्षण

सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा बिशेष समयमा बोल्दै बोल्दै सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभाको बैठकमा सत्तारुढ नेकपाका सासंदहरुले सरकारका मन्त्रीहरुले मनपरी रुपमा काम गरिरहेको भन्दै जवाफदेही बन्न माग गरेका छन् ।

नेकपाका सासंद हर्क बहादुर कुँवरले जनताले सोधेका प्रश्नको जवाफ दिन सक्ने अवस्था आफहुरु नरहेकोले सरकारका मन्त्रीहरुले प्रदेश सभामा बजेट कार्यान्वयन हुन नसक्नुको कारणबारे जवाफ दिनुपर्ने मा गर्नुभयो । उहाँले दुई चौमासिकमा जम्मा ६ प्रतिशत बजेट खर्च हुनु लाजमर्दो अवस्था रहेकोले सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने बताउनुभयो ।

यस्तै नेकपाका सांसद पूर्णा जोशीले प्रदेश सभाकका महिला सासंदहरुको सहभागितामा ग्रामीण क्षेत्रमा महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन कार्यक्रम सञ्चालन गर्ने गरी ल्याइएको द्वारिकादेवी ठकुरानी महिला सशक्तिकरण कार्यक्रम गैरसरकारी संस्था मार्फत कार्यान्वयन गर्ने गरी सामाजिक विकास मन्त्रालयले तयारी गरिरहेको भन्दै यसो हुनुको कारण सहित मन्त्रीले प्रदेश सभामा जवाफ लिनुपर्ने माग गर्नुभयो ।

उहाँले सेती अस्स्पताला सुत्केरी हुन आएका महिलाहरुको निरन्तर ज्यान गइरहेकोले त्यसमा कसको लापर्वाही हो सो सम्बन्धमा सामाजिक विकास मन्त्रालयले छानवीन गरी प्रदेश सभामा जानकारी दिन पनि माग गर्नुभयो ।

प्रदेश सभामा सत्ता पक्ष नेकपाका अर्का सासंद महेशदत्त जोशीले किसानलाई राहत दिने कार्यक्रम सञ्चालन गर्ने भनेको प्रदेश सरकारले किसानका लागि वीउको ब्यवस्था समेत गर्न नसकेको बताउँदै वीउ बैंक स्थपना गरी कृषि उत्पादनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्न माग गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्तले प्रदेश सभामा सासंदहरुले बोलेका जनसरोकारका बिषयमा सरकारले जवाफ नदिइरहेको बताउनुभयो । उहाँले प्रदेश सभामा राखिएका जनसारेकारका कुरामा जवाफ नपाइने हो भने प्रदेश सरकार र प्रदेश सभाको आवश्यकता नहुने बताउनुभयो ।

सासंद पन्तले सरकारले जवाफ नदिएको भनेपछि सभामुख अर्जुन बहादुर थापाले प्रदेश सभाको बिशेष समयमा उठेका प्रश्नहरुो जवाफ ७ दिन भित्र दिने गरी प्रदेश सरकारलाई पत्राचार गर्न सचिवालयलाई निर्देशन दिनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकै सासंद कर्ण बहादुर मल्लले प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका जनतालाई सबै भन्दा कम सुशासन भएके प्रदेशका बासिन्दा बनाएको बताउनुभयो ।

उहाँले मुख्यमन्त्री कप खेलकूद प्रतियोगितामा भएको खर्च विवरण सदनमा प्रस्तुत गर्न समाजिक विकास मन्त्रालयसित माग गर्नुभयो ।राष्ट्रिय जनता पार्टीका सासंद कृष्ण बहादुर चौधरीले सरकारले बजेट कार्यान्वयनमा ढिलाई गर्नुको कारण बारे प्रदेश सभालाई जवाफ दिनुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सभाको बैठक समेत बिजनेशको अभावमा ढलो गर र लामो बिश्राम पछि बस्न थालेकोले बिजनेश नभएको अवस्थामा हिउँदे अधिबेशन अन्त्य गर्न पनि माग गर्नुभयो ।

प्रदेश सभाको आजको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेकाके स्वरोजगार कोष स्थापना गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाउने प्रस्तव पारित गरेको छ ।

प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले विधेयकलाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृति स्रोत समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्नुभयो । मन्त्री बोहराको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश सभाको निर्णय बमोजिम अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले विधेयक माथि दफावार छलफल गरी प्रतिवेदन पेश गर्ने छ ।

यस्तै आजको बैठकमा सुदूरपश्चिम प्रदेशमा सुशासन प्रत्याभूत गर्ने सम्बन्धमा ब्यथा गर्न बनेको वधेयक २०७५ माथि दफावार छलफल पश्चात तयार पारिएको प्रतिवेदन पेश गरिएको छ । विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले तवेदन पस्तुत गर्नुभएको थियो ।