गाली आएपछि “भद्रगोल” खेलेका जुम्ल्याहा दिदी बहिनी अन्तर्वार्तामै रोए

गाली आएपछि “भद्रगोल” खेलेका जुम्ल्याहा दिदी बहिनी अन्तर्वार्तामै रोए

चर्चित नायक तथा युटुबर शिशिर भण्डारीको “हाम्रो माया जिन्दाबाद ” बोलको गीत सार्बजनिक भएको केही समयमै चर्चाके शिखरमा पुग्न सफल भएको छ र टिक टक भाइरल जुम्ल्याहा प्रिज्मा र प्रिन्सि र दिपा दमन्ताले अभिनय गरेको पहिलो भिडियो ‘हाम्रो माया जिन्दावाद’ सार्बजनिक भएको हो ।

सार्बजनिक भएको १ हप्ता नहुदै अत्याधिक दर्शकले रुचाएका छन् । म नारा लाइ रहन्छु हाम्रो माया जिन्दाबाद अत्यन्त मिठो गीतका संगीत दीपक शिलवाल को रहेको छ भने यो गीत का गीतकार शिशिर भण्डारी आफैले लेखेका हुन् ।

नवराज उप्रेती र टीम को छायांकनमा तयार गरिएको यस गीतका निर्देशक सुरेन्द्र बसेल ले गरेका हुन् । साहस शक्या को संगीत संयोजन मा रहेको उक्त गीत मा शिशिर भण्डारी र जुम्ल्याहा प्रिज्मा र प्रिन्सि र उत्कृष्ठ मोडलिंग गरेका छन् ।

गायिका बिन्दुलाई यस गीतमा शिशिर स्वयंले पनि स्वरमा साथ दिएका छन् । यसैबिच गीतका जुम्ल्याहा दिदी बहिनी एक अन्तर्वार्तामा रोएका छन् ।

पछिल्लो समय भद्रगोल पनि खेलेका प्रिज्मा र प्रिन्सीलाई नकारात्मक कमेन्टहरु ज्यादा आएपछि निराश भएका हुन् । आफ्हरुले राम्रो गर्दा गर्दै पनि नराम्रो कमेन्ट गर्न थालेको भन्दै प्रिज्मा अन्तर्वार्तामै भक्कानिईन् । शिरि भण्डारी भने निशव्द भए ।