कैलालीमा आगलागी, लाखौँको क्षति

कैलालीमा आगलागी, लाखौँको क्षति

कैलालीमा घरमा आगलागी हुँदा ९ लाख बराबरको धनमाल नष्ट भएको छ। जिल्लाको टीकापुर नगरपालिका ७ मौभेरी बस्ने खम्म कडाएतको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घरभित्र रहेको सम्पूर्ण सरसामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो।

साथै उक्त आगलागी फैलिएर सोही ठाउँ बस्ने मानबहादुर साउदको गोठ जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ।