दार्चुलामा पहिलो पटक बृहत् साहित्य महोत्सव आयोजना

दार्चुलामा पहिलो पटक बृहत् साहित्य महोत्सव आयोजना

दार्चुला ।  दार्चुलामा पहिलो पटक बृहत् साहित्य महोत्सवको आयोजना गरिएको छ । तारा किशन फाउण्डेशन एन कर्पोरेसन न्यु योर्क अमेरिकाको आयोजनामा शुक्रबाह्रदेखि जिल्ला सदरमुकाम खलंगामा साहित्यिक महोत्सव सुरु भएको हो ।

तारा किशन फाउन्डेसनका अध्यक्ष तारा धामीको अध्यक्षता तथा महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरको प्रमुख आतिथ्ययतामा सञ्चालन गरिएको महोत्सवमा देशकै चर्चित साहित्यकारहरूको सहभागिता रहेको छ । 

एक कार्यक्रमका बिच सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक अम्माराज जोशीलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको छ । महोत्सवमा दार्चुला जिल्लाका मौलिक संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यकार, लेखक तथा प्राज्ञहरूको उपस्थितिले दार्चुलाको वातावरण साहित्यमय बनेको छ ।

यसैबिच महोत्सवमा दुई वटा कृतिको विमोचन गरिएको छ । छुटेका यादहरू नरेन्द्र सिंह बडाल र लोकेन्द्र बहादुर बमको संयुक्त मुक्तक संगह र किशन धामीको नेपाली अनुवाद एटलान्टिकका भंगलाहरु कृतिको विमोचन गरिएको हो ।

साहित्यिक महोत्सवमा स्थानीय तथा राष्ट्रिय साहित्यकार, कविहरूको प्रस्तुति रहेको थियो । भोलि माध्यमिक तह (९–१२) कविता प्रतियोगिता आयोजना गरिने जनाइएको छ । भोलि नै कार्यक्रम समापन गरिनेछ ।

No description available.