१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले जित हात पारेको छ । शनिबार भएको उद्घाटन खेलमा घरेलु टोली चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोर पराजित गरेको हो ।
एमए चिदामबरम क्रिकेट रंगशालामा भएको खेलमा चेन्नईले बैंगलोरलाई ७ विकेटले हराउँदै अईपीएलमा सुखद सुरुवात गरेको हो । बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले १७ ओभरमा ४ बलमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो।
चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रनको योगदान गरे । त्यस्तै केदार जादबले १३ रन जोड्दा रबिन्द्र जडेजा ६ रनको योगदान गरे । चेन्नईका लागि सुरेश रैनाले १९ रन जोड्दा आईपीएलमा ५ हजार रन पूरा गर्ने पहिलो खेलाडीको रेकर्ड पनि बनाएका थिए ।
बलिङतर्फ बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ रोजेको बैंगलोरले १७ ओभर १ बलमा पुरै विकेट गुमाउदै मात्र ७० रन बनाउन सफल भयो । बैंगलोरका लागि पृथ्वी पटेलले सर्वाधिक २९ रन बनाउदा अन्य ब्याट्सम्यानले भने दोहोरो रन बनाउन सकेनन् ।
बलिङतर्फ चेन्नईका हरबजन सिंह र इमरान ताहिरले समान ३–३ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए । जितसंगै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले ३ अंक जोडेको छ । उता विराट कोहलीको कप्तानिमा रहेको बैंगलोरले प्रतियोगितामा खराव सुरुवात गरेको छ ।