हाल नेपालमा न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव

हाल नेपालमा न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव

मौसम विश्लेषण :

हाल नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। 

हाल मौसमको अवस्था :

देशको पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही प्रदेश १का एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।

२०७९ जेठ १३ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानगरूमा  मेघ गर्जन / चट्याङ्ग र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि  सामान्य बदली  रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा  मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।