शंकास्पद मृत्युबारे छानवीनको माग गर्दै धनगढीको बोराडाँडी राजमार्गमा अवरोध

शंकास्पद मृत्युबारे छानवीनको माग गर्दै धनगढीको बोराडाँडी राजमार्गमा अवरोध

सुधार गृहमा शंकास्पद मृत्यु भएका जनक ढुंगालको मुत्युबारे छानवीन गर्न माग गर्दै पीडित परिवार तथा आफन्तहरुले आज बिहान धनगढी अत्तरिया ६ लेन सडकमा चक्काजाम गरेका छन् । 
मृत्यु भएको तीन दिन सम्म पनि प्रशासनले छानवीनमा चासो नदेखाएकोले आन्दोलन गर्नुपरेको पीडित आफन्तहरुले बताएका छन् । एम्बुलेन्स, विद्यालयका गाडी मात्र जान दिएका उनीहरुले प्रहरीको सक्रियता पछि दुई घण्टा पछि राजमार्ग सञ्चालन हुन दिएका छन् ।

राजमार्ग खुलाउन पीडित पक्षसित कुराकानी गर्न प्रहरी उपक्षिक आभुषण तिम्सिना, सशस्त्र प्रहरी उपरिक्षक बिष्णु प्रसाद भट्ट, प्रहरी नायब उपरिक्ष दक्ष बस्नेत, प्रहरी निरिक्षक वकिल बहादुर सिंह सहितको टोली खटिएको थियो ।

प्रहरी उपरिक्षक तिम्सिनाले पीडित पक्षलाई बार्ताका लागि ११ बजे जिल्ला प्रशासन कार्यालयमा आउन र राजमार्गमा अवरोध नगर्न भनेपछि लामो रस्साकसीपछि पीडितहरु बार्तामा बस्न तयार भएपछि राजमार्गको अवरोध हटेको हो ।