पूर्वप्रधानमन्त्री झलनाथ खनालको नयाँ गीति एल्बम सार्वजनिक

पूर्वप्रधानमन्त्री झलनाथ खनालको नयाँ गीति एल्बम सार्वजनिक

पूर्वप्रधानमन्त्री झलनाथ खनालको नयाँ गीति एल्बम लोकार्पण गरिएको छ। ‘परिवर्तनका स्वरहरू २’ नाम दिइएको गीति एल्बम प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सार्वजनिक गरेका हुन्।

साहित्‍यमा खनालले आफूलाई जेएन खनाल नामले चिनाउँछन्। मिलन तिमल्सिनाको संगीत रहेको एल्बममा विभिन्न गायकगायिकाले स्वर दिएका छन्।

प्रज्ञा प्रतिष्ठानमा भएको एल्बम लोकार्पण कार्यक्रममा सत्तारुढ नेकपाका नेताहरूसहित सयौँको संख्यामा सहभागीहरू उपस्थित थिए।

एल्बम विमोचन गर्दै प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री  भइसकेका खनालको सृजनशीलताको प्रशंसा गरे।

‘व्यस्त दैनिकीबाट समय निकालेर झलनाथजीले यति राम्रो सिर्जना गर्नुभएको छ’, प्रधानमन्त्रीले भने, ‘वहाँको सिर्जनशीलता धेरैजनाको लागि यो प्रेरणाको स्रोत हुनसक्छ।‘