धनगढीमा बिहान ७ बजे देखी थप ८९३ मत गणना हुँदा कसले कति मत पाए ? (विवरण सहित)

धनगढीमा बिहान ७ बजे देखी थप ८९३ मत गणना हुँदा कसले कति मत पाए ? (विवरण सहित)

धनगढी । यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत ३१ गतेबाट कैलालीको धनगढी उप-महानगरपालिकामा मतगणना जारी रहेको छ । 

शुक्रवार बिहान ६ बजेर ५६ मिनेट जाँदा सम्म ४२ हजार २ सय ३० मत गणना भएको थिए । भने अहिले १ बजेर ३५ मिनेट जाँदा सार्वजनिक गरिएको मतगणना रिपोर्ट अनुसार ४३ हजार १ सय २३ मत गणना भइसकेको छन् । यो मुख्य निर्वाचन अधिकृतको कार्यालयको तथ्याङ्क अनुसार बिहान देखी अहिले सम्म जम्मा ८ सय ९३ मत गणना भएका छन् । 

अहिले जम्मा गणना भएको मत सङ्ख्या हेर्दा धनगढी उप-महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार ६ सय २१ मत पाएका छन्।

यस्तै, गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ७ सय ११ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ७ सय ३४ मत पाएका छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ९ सय ५९ मतका साथ लिड गरिरहेकी छिन्। भने एमालेकी कन्दकला रानाले ८ हजार २ सय २८ मत र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार २ सय ६४ मत पाएका छन्।

शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए।

हेर्नुहोस्, अन्य उम्मेदवारहरूले अहिले सम्म कति मत प्राप्त गरे...?