कैलालीमा माध्यमिक शिक्षा परीक्षाको तयारी पुरा

कैलालीमा  माध्यमिक शिक्षा परीक्षाको तयारी पुरा

धनगढी : कैलाली   चैत्र १० अर्थात भोली देखि संचालन हुने माध्यमिक शिक्षा परीक्षाको लागी शिक्षा बिकास तथा समन्वय इकाई कैलालीले सबै तयारी पुरा भएको जनाएको छ  ।

कैलाली जिल्लाबाट बाट यो बर्ष कुल १६ हजार ६ सय ६३ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ साधारणधारका १५ हजार ७ सय ९६ मध्ये ८ हजार १ सय २३ छात्र र ७ हजार ६ सय ७३ जना छात्रा सहभागी हुनेछन् ।

प्राविधिक धारका २ सय ४२ मध्ये १ सय ४५ छात्र र ९७ जना छात्रा सम्मिलित हुने शिक्षा बिकास तथा समन्वय इकाई कैलालीकी प्राविधिक सहायक पार्वती चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार एक्जेम्टेडतर्फ ६ सय २५ जना सहभागी हुने बताउनुभयो ।

परीक्षाका लागि जिल्लामा सबै तयारी पुरा भएको शिक्षा बिकास तथा समन्वय इकाई कैलालीका प्रमुख (उप–सचिव) विष्णुदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षाका लागि ५३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । उहाँले सम्पुर्ण  बिद्यार्थीहरुलाई ढुक्कका साथ परीक्षा दिन  अनुरोध गर्नुभएको छ ।

जिल्लाभर यसवर्ष झण्डै १ हजार बिद्यार्थी संख्या बढेकोले माग अनुसार मोहन्याल गाउँपालिका स्थित जनता आधारभूत बिद्यालय, बर्दगोरिया गाउँपालिका स्थित मावि कोटातुल्सीपुरमा यसवर्ष परीक्षा केन्द्र थप गरिएको जनाएको छ ।

सरकारले नयाँ शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा सञ्चालन गर्ने उल्लेख भएपछि २०७३ सालदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) का रूपमा परीक्षा लिन थालिएको हो ।