परशुराम नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेसका जोशी निर्वाचित

परशुराम नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेसका जोशी निर्वाचित

डडेल्धुरा।डडेल्धुरा जिल्ला परशुराम नगरपालिकाको नगर प्रमुखमा भरत बडायर जोशी निर्वाचित भएका छ्न। वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार रहेका जोशीले ५ हजार ९४१ मत प्राप्त गरि विजयी भएका छ्न।

मंगलबार सम्पन्न मतगणनामा उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रबाट उम्मेदवार रहेका शेर सिंह माल (डायमण्ड)ले  ५ हजार ८०५ मत प्राप्त गरेका हुन।
माललाई १३६ मतले पछि पार्दै जाेशी निर्वाचित भएका हुन।

सुरूवात देखि काङ्ग्रेस र माओवादीबिच कडा प्रतिस्पर्धा भएपनि अन्तिममा उम्मेदवार माललाई जोशीले पराजित गरेका हुन। एमालेबाट उम्मेदवार रहेका केशव बाेहराले २ हजार ६०६ मत मात्रै प्राप्त गरे।

नगर उप-प्रमुखमा भने माओवादी केन्द्रकि बिमला महताले ५ हजार ८८५ मत ल्याएर विजयी भएकी छिन।
उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसकि उम्मेदवार  कलावती बोहराले  ४ हजार ५९३ मत प्राप्त गरिन।
उनीहरू बीच १ हजार २९२ को मतान्तर रहेको छ ।
एमालेकि उम्मेदवार गोमती पन्तले भने  ३ हजार २९६ मत प्राप्त गरिन।

जम्मा १२ वडा रहेको परशुराम नगरपालिकामा वडा नं १,४,५,७,९, १० र १२ गरि ७ वडामा  माओवादी केन्द्रले विजय प्राप्त गरेको छ भने
वडा नं २, ३, ६, ८ र ११ गरि ५ वडामा नेपाली काङ्ग्रेसले विजय प्राप्त गरेको छ।
एमालेले भने भने कुनै पनि वडाका जित हासिल गर्न सकेको छैन ।

नवनिर्वाचित मेयर जोशी  नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनबाट परशुराम नगरपालिकाको सभापति समेत रहेका थिए।