आफन्त र अस्पताल प्रशासनको ५ वुदे सहमती पछि शव उठ्यो

आफन्त र अस्पताल प्रशासनको ५ वुदे सहमती पछि शव उठ्यो

धनगढी : सुदुर पश्चिमको एक मात्रै रेफरल अस्पताल मानिएको सेती अञ्चल अस्पतालमा उचारका क्रममा सुत्केरी महिलाको ज्यान गए पछि आजै बिहानै देखि अस्पताल परिसर तनावग्रस्त बनेको थियो ।

डाक्टरकै लापरवाहीले बिहिवार सुत्केरी महिलाको ज्यान गएको दाबी सहित आफन्त तथा गाउँहरुलेहरुले बिहानै देखि प्रदर्शन गरिरहेका हुन ।

उनीहरुले लापरवाही गर्ने डाक्टरमाथि कार्वाही र बच्चाको जिम्मेवारी लिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । सामान्य तरिकाले बच्चा जन्माउन नसकेर शल्यक्रिया गरिएको धनगढी उपमाहनगरपालिका वडा नम्बर १२ की २२ बर्षिया रेखा थापाको शल्यक्रिया भएको दुई दिन पछि मृत्यु भएपछि आफन्तहरुले अस्पतालमा बिरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले अस्पताल अगाडि र धनगढी मुख्य बजारको मुल सडकमा नारावाजी गरेका थिए ।लामो समय पछि  आफन्तजनले वुझेका छन । झण्डै ६ घण्टा सम्म भएको छलफलपछि मृतकका परिवार र सरकारी पक्षविच ५ बुँदे सहमती भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सेती अञ्चल अस्पतालका प्रतिनिधि, धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि, पीडित पक्षविच भएको छलफलपछि ५ बुँदे सहमती भएको हो । ५ बुँदे सहमती अनुसार मृतक धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ बर्षिया रेखा थापाका छोराको २४ बर्ष सम्म निशुल्क उपचार हुने भएको छ ।

त्यस्को जिम्मेवारी सेती अञ्चल अस्पताल र सामाजिक विकास मन्त्रालयलाई दिईएको छ । यस्तै उक्त शिशुलाई शिक्षा पनि सामाजिका विकास मन्त्रालय मार्फत प्रदान गर्ने सहमती भएको छ भने उनको छिटो उपचारका लागि विशेष परिचयपत्र पनि बनाउने सहमती भएको छ ।

यस्तै मृतकका आफन्तले चिकित्सकको लापरवाहीले सुत्केरीको मुत्यु भएको आरोप लगाएकाले छानविनका लागि समिति गठन गर्ने पनि निर्णय भएको छ। त्यस्का लागि सामाजिक विकास मन्त्रालयले एक जना स्त्रीरोग विशेषज्ञ डाक्टर संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट माग गर्ने निर्णय भएको छ ।

नवजात शिशुको पालनपोषणका लागि प्रदेशको सामाजिक विकास मन्त्रलायले प्रदेश मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव लैजाने पनि निर्णय भएको छ ।

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै विहानैदेखि धनगढीको सेती अञ्चल अस्पताल तनावग्रस्त बनेको थियो ।